महासंघ निर्वाचनमा घिमिरे र पाण्डे सम्मिलित अञ्जन श्रेष्ठको टिम घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम तयार भएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठको टिम राजधानीको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा एक विशेष कार्यक्रमका बीच घोषणा गर्ने तयारी छ । श्रेष्ठ ६० औं साधारणसभा पछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बन्दैछन् । उनको समूहबाट उपाध्यक्ष पदमा अनुभवी र प्रतिष्ठित व्यवसायीहरूले उम्मेदवारी दिँदैछन् । श्रेष्ठ प्यानलमा वस्तुगत संघतर्फबाट शिवप्रसाद घिमिरे, एसोसिएटको तर्फबाट प्रवलजंग पाण्डे र जिल्ला नगर तर्फबाट दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनेछन्।

महासंघको ६० औं वार्षिक साधारणसभा चैत २९ र ३० गते हुँदैछ । यसअघि उपाध्यक्ष हेमराज ढकालले आगामी निर्वाचनपछि वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दै टिम घोषणा गरिसकेका छन् । ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छन् । हाल उनी एसोसिएट उपाध्यक्ष नै छिन् । त्यस्तै, ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *