बालेनलाई प्रधानमन्त्री बन्ने बाटो औपचारिक खुला

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्री बन्नका लागि बाटो औपचारिक खुला भएको छ । रास्वपा केन्द्रीय समिति बैठकले साहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको हो । दलको बैठकमा सभापति लामिछानेले बालेनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।

संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था रहेको छ । धारा ७६(१) मा भनिएको छ–राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ । बालेनले प्रधानमन्त्रीको रुपमा शुक्रबार अपराह्न शपथ ग्रहण गर्नेछन् । साहले वैदिक–सनातन परम्पराअनुसार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र लगत्तै प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने तयारी छ । रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार सभापति लामिछानेको प्रस्तावमा साहलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *