संसद्मा सांसदको उपस्थिति र प्रस्तुति पार्टी अनुकूल नभए कांग्रेसले फिर्ता बोलाउने
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदको कार्यक्षमताको मूल्यांकन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले भने, जनताको मत एउटा भयो, संसद्मा समानुपातिक साथीहरू पनि हुनुहुन्छ । पार्टीको संशोधित विधानले पार्लियामेन्टभित्रको प्रस्तुति, पर्फमेन्स कार्यको मूल्यांकन गर्ने विधि अपनाएको छ ।
सांसदको उपस्थिति र प्रस्तुति पार्टी अनुकूल नभए फिर्ता बोलाउन सक्ने उनले बताए । प्रवक्ता चालिसेले भने, पार्टीले उचित देखेन भने रिकल (फिर्ता बोलाउनं) गर्न सक्ने र अर्को मान्छे पठाउँन सक्ने विधानमा व्यवस्था गरेको छ । यस अन्तर्गत पाँच वर्षका लागि कोही पनि निर्वाचित नभएको उनको भनाइ छ । सांसद प्रखर रुपमा उत्रिरहनुपर्ने र गुणस्तरीय प्रणालीमा जोडिनु पर्ने प्रवक्ता चालिसेले बताए ।
















