भबिष्य साकोसको ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
भक्तपुर । भबिष्य बचत तथा ऋण सहकारी संस्थाको ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसर र तुवाचो गणेश धिमाय खलःको सह आयोजना तथा भक्तपुर रेडक्रसको प्राबिधिक सहयोगार्थ गरीएको बार्षिकी कार्य योजना अनुसार पाचौं पटकको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ३२ जनाको सहभागिता रहेको थियो ।

उक्त रक्तदान कार्यक्रमको आयोजनामा संस्थाले २०८३ सालको क्यालेण्डर (भित्ते पात्रो)को बिमोचन संस्थापक अध्यक्ष ज्ञानकृष्ण च्वामु श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा संचालक समिति,उप समिति लेखा सुपरिवेक्षण समितिको सहभागिता रहेको थियो । आगामि दिनमा पनि यसैगरि सबैको साथ सहयोग मिलोस् भन्दै संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठले सबैलाई धन्यवाद दिई कार्यक्रम सम्पन्न भएको थियो ।

















