सूर्यकुण्ड हाइड्रोको सेयर कारोबार आजदेखि सुरू
काठमाण्डौं । सूर्यकुण्ड हाइड्रोको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा सूर्यकुण्ड हाइड्राको सेयर प्रतिकित्ता २८४ रूपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। सूर्यकुण्ड हाइड्रोको एसकेएचइएल आरएलइएल संकेतमा सेयर कारोबार खुला भएको छ।
बिहीबार सूर्यकुण्ड हाइड्रोको सर्वसाधारणतर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले पहिलो कारोबारको लागि ९४ रूपैयाँ ७७ पैसादेखि २८४ रूपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज पाएको थियो।
















