सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको छ । सीआईबीका प्रमुख एआईजी प्रमुख मनोज केसीले अर्याल पक्राउ परेको पुष्टि गर्दै सेयर बाँडफाँटको विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । सोही कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्टयाएको सेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको कागजात पेस गर्दा गलत दिएको आरोप उनीमाथि रहेको छ । फरक फरक निकायमा फरक फरक तरिकाले विवरण पेस गरेको देखिन आएको हुँदा धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा समेत गम्भीर त्रुटि देखिएको प्रहरीले जनाएको छ । अर्याललाई आजै काठमाडौंको पुतलीसडकबाट पक्राउ गरिएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *