अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई सभामुख बनाउन गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ, रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *