कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ । आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदनको अध्ययन गरी रायसुझाव दिन कांग्रेसले अध्ययन समिति गठन गरेको हो । वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । खनाल नेतृत्वको अध्ययन समितिका सदस्यहरूमा पूर्वन्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ताहरू विनोद कार्की रामचन्द्र गौतम (आर.सी.) र युवा अभियन्ता यजश्वी राई रहेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । समितिलाई सात दिनभित्र नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सुझावसहित अध्ययन प्रतिवेदन पेस गर्न कार्यादेश तोकिएको छ । समितिले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित समितिको प्रतिवेदनबारे अध्ययन गरी सुझाव पेस गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *