कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारी गरेको हो । निर्वाचन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारीमा आफूहरू जुटेको जानकारी दिइन् । ‘आज तालिका प्रकाशन गर्छौँ, ११ गते निर्वाचन गर्ने गरी,’ भुसालले भनिन्, ‘कार्यतालिकामा ९ गते दलको विधान संशोधनबारे ९ गते नै संशोधित विधानबारे छलफल गरेर पारित गर्ने र ११ गते निर्वाचन गर्ने गरी कार्यतालिका आउँछ ।’ प्रतिनिधिसभाका कांग्रेसका ३८ सांसद छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले दलको नेता चयन गरे पनि कांग्रेसले चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । कांग्रेसमा दलको नेता बन्न भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीसहितका नेताहरू आकाङ्क्षी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *