सुकुमवासी बस्ती हटाएलगत्तै नयाँ पूर्वाधार निर्माण सुरु गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले अतिक्रमित सुकुमवासी बस्ती हटाएर तत्काल नयाँ पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले यस्तो निर्णय गरेको हो । ‘बस्ती खाली भइसकेपछि उक्त स्थानहरूको भत्केका संरचनाहरू हटाउने, ट्र्याक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारीका कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तत्काल सुरु गर्ने’ निर्णयमा उल्लेख छ ।

















