सैनिक विशेष अदालतको अध्यक्षमा सारू, पुनरावेदन समितिमा गुरुङ

काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश चन्द्रबहादुर सारूलाई तोक्ने निर्णय गरेको छ । गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले सारूलाई सैनिक विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । ‘उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारुलाई सो अदालतको कामकाज समेत गर्नेगरी सैनिक विशेष अदालतको अध्यक्ष तोक्ने,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले भने । साथै, उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय पनि भएको उनले बताए । ‘उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई सो अदालतको कामकाज समेत गर्नेगरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने,’ निर्णयमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *