सुलभ अग्रवाललाई थुनामा राख्ने कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ । उनका बाबु शंकरलाल अग्रवालले पेस गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले यस्तो आदेश गरेको हो । शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले चैत २२ मा नियन्त्रणमा लिएको थियो । विभागले अनुसन्धानकै क्रममा सुलभका बाबु शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । तर उनी हाजिरी जमानीमा रिहा भइसकेका छन् । इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शुलभ पक्राउ परेका हुन् । करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *