४ वटा डोजरले भत्काइरहेको छ बल्खुको सुकुम्बासी बस्ती

काठमाडौं । बल्खुस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती भत्काउन थालिएको छ। बिहान साढे ८ बजेदेखि यो क्षेत्रमा डोजर चलाएर घर(टहरा भत्काउन थालिएको हो। बिहान ७ बजेदेखि नै बस्ती खाली गर्नू भनेर प्रशासनले उर्दी जारी गरेको थियो। बिहान केही बेर त्यहाँका स्थानीयलाई आफ्नो घर टहरामा बाँकी भएका सामान निकाल्न दिएर डोजर चलाइएको हो। अहिले चार वटा डोजरले घर टहरा भत्काइरहेको छ। सँगसँगै ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी खटाइएको छ। बस्ती खाली गरेर त्यहाँका सुकुम्बासीहरूलाई स्क्रिनिङका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जान भनिएको छ। रंगशालामा स्क्रिनिङपछि उनीहरूलाई होल्डिङ सेन्टरमा लगिने भनिएको छ। टेकुको वंशीघाटस्थित सुकुम्बासी बस्तीमा पनि डोजर चलिसकेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *