पूर्वप्रधानमन्त्री देउवा दम्पतीमाथि भएन रेड नोटिस जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पती प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल(ले रेड नोटिसमा राख्न प्रक्रिया थालेको करिब एक महिना पूरा गर्दा पनि रेड नोटिस जारी गरेको छैन । प्रहरीप्रधान कार्यालयका एक अधिकारीले देउवा दम्पतीमाथि रेड नोटिस प्रक्रियाकै चरणमा रहेको जानकारी दिए । ती अधिकारीले भने, देउवा दम्पतीमाथि रेड नोटिस जारी अझै प्रक्रियामा नै छ । कुनै निर्णय भएको छैन । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणामाथि पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । तर, देउवा दम्पती देशबाहिर रहेकाले विभागले प्रहरीको एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो ।

तर, इन्टरपोलको केन्द्रीय कार्यालय फ्रान्सले भने देउवा दम्पतीमाथि रेड नोटिस जारी गर्न अझै एनसीबी काठमाडौंसँग थप कागजात मागेको जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले चैत २४ मा पक्राउ अनुमति दिएको थियो । देउवा दम्पती सिगापुर हुँदै केही समयअघि हङकङ पुगेको बताइएको थियो । तर, अहिले उनीहरू कहाँ छन् भन्नेबारे खुलेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *