आफ्नो कर्तव्य निर्वाह गर्दा राज्यले धरपकड गरेको भन्दै बैंकर्स संघको विरोध

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउप्रति नेपाल बैंकर्स संघले विरोध जनाएको छ । वाणिज्य बैंकहरूको सीईओहरूको छाता संगठन एनबीएले बिहीबार पूर्ण बैठक बसेर यस विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्शमा पुगेको हो । ‘बैठकले पक्राउको विरोध जनाउने निर्णय गरेको छ,’ बैठकमा सहभागी एक सीईओले भने, ‘राज्यको आतंकको रूपमा हामीले यसलाई लिएका छौं,’ ती सीईओले भने ।

संघले पहिला सुन्ने अनि थुन्ने नीति नलिएको प्रति असन्तुष्टी जनाएको छ । बाफियाको दफा ५७ अनुसार आफ्नो कर्तव्य निर्वाह गर्दा राज्यको तर्फबाट धरपकड भएको संघको निष्कर्ष छ । ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असुल्दा बैंकर पाण्डे पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीईआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेपछि बैंकिङ क्षेत्र तरंगित बनेको छ । आजै बैंक तथा वित्त संस्था सञ्चालकहरूको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पनि बैठक बस्दैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *