६०/४० को भागबन्डा छोडेर अब १०० प्रतिशतको कांग्रेस बनौँ : उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । पोखरामा आयोजित नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलामा उपसभापति शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिएर समेट्ने प्रक्रिया सुरु भइसकेको बताए । ‘विशेष महाधिवेशनको विरुद्धमा रहेका साथीहरूको पनि यो पार्टी उत्तिकै हो,’ शर्माले भने, ‘पछिल्ला निर्णयहरू हेर्नुभयो भने प्रस्ट हुन्छ कि हामीले कसैलाई पनि पाखा लगाएका छैनौँ । विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरूलाई नै उच्च र सम्मानपूर्ण जिम्मेवारी दिइएको छ ।’ उनले पछिल्ला तीन वटा मुख्य निर्णयहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

महिला सङ्घको सभापतिमा मिना खरेल, संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे र केन्द्रीय समितिमा १९ जना सदस्यहरूको मनोनयन पार्टीलाई एक बनाउने कडीका रूपमा गरिएको निर्णय भएको शर्माले बताए । यी सबै नेताहरू विशेष महाधिवेशनमा सहभागी नभएको बताउँदै शर्माले पार्टीले उनीहरूको क्षमता र योगदानलाई कदर गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए । पार्टीभित्रको आन्तरिक विवाद र प्रक्रियाका सम्बन्धमा उपसभापति शर्माले असन्तुष्टि जनाए । ‘दुई महामन्त्रीलाई कारबाही गर्दा स्पष्टीकरण समेत सोध्नु नपर्ने, अनि कसैलाई उपयुक्त जिम्मेवारी दिनुपर्दा चाहिँ उनैलाई नसोधेर अरू कसैलाई सोध्नुपर्ने ? यस्तो दोहोरो मापदण्ड हुनुहुँदैन,’ शर्माले भने । पार्टीभित्र लामो समयदेखि चल्दै आएको ६०/४० को भागबन्डाको मनोवृत्ति त्याग्न आग्रह उपसभापति शर्माले आग्रह गरे । ‘अब ६०/४० को कुरा छोडिदिनुस्, अब सबै मिलेर १०० प्रतिशतको कांग्रेस हुनुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *