नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डेलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार पाण्डेको हकमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गरेको हो । तर, सर्वोच्चले पाण्डे विदेश जान परे अदालतको अनुमति लिनुपर्ने सर्त आदेशमा राखेको छ । ‘स्मार्ट सेल’को सम्पत्ति लिलामी प्रकरणमा पाण्डे पक्राउ परेका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गएको असोज ३ गते अवैध रूपमा लिलामीको सूचना निकालेको आरोप उनीविरुद्ध लागेको थियो । सर्वोच्चले बन्दीप्रत्यक्षकरण आदेश दिएपछि पाण्डे छुट्ने प्रक्रियामा रहेको उनका कानुन व्यवसायीले जानकारी दिएका छन् । उनी छुटे पनि प्रहरी अनुसन्धानमा भने शुक्रबारको आदेशले बाधा पर्ने छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *