संचित साकोसले लियो कर्जा सूचना केन्द्रको सदस्यता

भक्तपुर । भुलाचा ४ मा रहेको संचित बचत तथा ऋण सहकारी संस्था कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट ‘संस्था सञ्चालन इजाजतपत्र’ लिएपछि सूचना केन्द्रमा समेत आवद्ध भएको हो । सूचना केन्द्रमा आवद्ध भएसँगै उक्त संस्थाले समेत अन्य बैंक तथा वित्तीय संस्था र सहकारीहरुले जस्तै कर्जा सूचना सम्बन्धी सम्पूर्ण सेवाहरु लिन सक्ने भएको छ । केन्द्रमा आवद्ध भएसँगै संस्थाको ऋण लगानीमा पारदर्शिता कायम भई असुलीमा समेत सहयोग पुग्ने भएको छ ।

विगतमा कर्जा सूचनाको अभावमा सहकारीहरुलाई ऋण लगानी गर्दा जोखिम रहेको थियो । त्यसैगरी संस्थाले सहकारी प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्नको लागि समेत इजाजतपत्र लिइसकेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरेको हो । संस्थाको इजाजतपत्र नं.२०६६ –०१४३८ रहेको छ । भक्तपुर नगरपालिका कार्य क्षेत्र रहेको उक्त संस्थाले सदस्यहरुलाई आधुनिक प्रविधिको प्रयोगमार्फत् सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । सहकारी मुल्य, मान्यता र सिद्धान्तमा सञ्चालित उक्त संस्थाले वित्तीय पारदर्शिता र सुशासनलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *