रिलायबल नेपाल लाइफ हेटौंडाद्वारा ११ लाख रुपैयाँ मृत्युदाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ लिमिटेडको हेटौंडा शाखाले आफ्ना बीमित स्वर्गीय भेषबहादुर स्याङतानको परिवारलाई मृत्युदाबी बापत ११ लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। कम्पनीका अनुसार स्वर्गीय स्याङतानले करिब तीन वर्षअघि १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी खरिद गरेका थिए। गत महिना उनको निधन भएपछि बीमा प्रक्रिया पूरा गरी कम्पनीले मृत्युदाबी रकम भुक्तानी गरेको जनाएको छ।
रिलायबल नेपाल लाइफ हेटौंडा शाखाका प्रतिनिधिहरू मृतकको घरमै पुगेर एक कार्यक्रमका बीच उक्त रकम परिवारलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा कम्पनीका शाखा प्रमुख, कर्मचारी तथा स्थानीय व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो। कम्पनीले बीमा भनेको भविष्यको आर्थिक सुरक्षा भएको उल्लेख गर्दै कठिन परिस्थितिमा परिवारलाई राहत पुग्ने उद्देश्यले समयमै दाबी भुक्तानी गरिएको जनाएको छ। मृतकका परिवारले पनि कम्पनीले छिटो र सहज रूपमा दाबी रकम उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।










