‘जेनजी’ आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न आयोगले सरकारलाई गर्यो सिफारिस
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ । “गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लंघनका सम्बन्धमा आयोगको मिति २०८३ जेठ १२ गतेको बैठकले निर्णय,सिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ,” आयोगले बुधबार (जेठ १३) जारी गरेको विज्ञप्तिमा भनिएको छ । घटना अनुसन्धान गर्न आयोगद्वारा गठित समितिले यसअघि कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।















