नेपाल-भारतको सहकार्य अब एआई र सूचना प्रविधिमा पनि अघि बढ्छ : एस जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकले नेपाल र भारतको सहकार्य अब एआई र सूचना प्रविधिको क्षेत्रमा पनि सह विस्तार हुने बताएका छन् । परराष्ट्रमन्त्री शिशिर खनाललाई नयाँ दिल्लीमा सहयोग गर्दै उनले यस्तो बताएका हुन् । नेपाल र भारतको सम्बन्धको आयाम जनस्तर, वाणिज्य, व्यापारबाट अझै माथि उठ्ने उनले बताए । नेपाल र भारतको सम्बन्ध जनस्तर, संस्कृति र व्यापारमा मात्रै होइन अब अझै अघि बढ्नेछ ।

अब हामी एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार गर्नेछौँ । नेपाल र भारतको राजनीतिक सम्बन्ध थप सुदृढ हुनेतर्फ रहेको उनले बताए । रवि लामिछानेको हालसालैको भ्रमणबाट द्विपक्षीय राजनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको आपसी हितमा सदैव सहकार्य गर्न तत्पर रहेको जयशंकरले बताएका छन् । मौरिसमा पनि खनालसँग संवाद भएको स्मरण गर्दै जयशंकरले नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा हर्षित रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *