मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६ को उपाधि सौरभ र आर्यनालाई

काठमाण्डौं । एसइई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गरेर आयोजित राष्ट्रियस्तरको मोडल प्रतियोगितामा सौरभ सिटौला र आर्यना सिंह विजेता बनेका छन्। उनीहरूले प्रतियोगिताको मुख्य उपाधिसहित नगद पुरस्कार, स्मार्टफोन तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। प्रतियोगितामा विभिन्न चरण पार गर्दै अन्य प्रतिस्पर्धीहरूले पनि उपविजेता तथा विशेष विधाका उपाधि जितेका छन्। आयोजकका अनुसार सहभागीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, प्रस्तुति कौशल र आत्मविश्वासको मूल्यांकन आधारमा नतिजा घोषणा गरिएको हो।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई शैक्षिक छात्रवृत्ति, तालिम अवसर, गिफ्ट प्याकेज तथा अन्य प्रोत्साहनमूलक पुरस्कार प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि विभिन्न कलेजबाट विशेष छात्रवृत्तिको अवसर समेत उपलब्ध गराइएको आयोजकले जनाएको छ। देशभरका एसइई उत्तीर्ण विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिता फेसन तथा मनोरञ्जन क्षेत्रप्रति रुचि भएका युवाहरूलाई अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमको व्यवस्थापन एभरेष्ट इभेन्ट्सले गरेको थियो भने कोरियोग्राफी र मञ्च सञ्चालनमा समेत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *