कांग्रेस सांसदको कटाक्ष– सायद प्रधानमन्त्रीज्यूले मिचेको सीमा खोज्न आए होलान् !

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र साह कता छन् ? भनेर प्रश्न गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले व्यंग्यात्मक प्रश्न गरिन् । “हामीले पनि भारतको सीमा मिचेका छौँ भनेर संसद्‌बाट बेपत्ता हुनुभएको सम्माननीय प्रधानमन्त्री वालेन्द्र साह कता हुनुहुन्छ कुन्नि ! थाहा छैन फेरि कुनै दिन अचानक आएर जिस्किएको पो थेँ भन्नुहोला, म त्यता जान चाहन्नँ,” उनले भनिन् । उनले सुस्ताका नेपाली सीमारक्षकलाई ढाडस दिन आग्रह गरिन् । “पश्चिम नवलपरासी, सुस्ताका सीमारक्षक नेपाली दाजुभाइ, दिदीबहिनीलाई हामीसँग सरकार छ भन्ने ढाडस दिए हुने हो नि,” उनले भनिन् । प्रधानमन्त्रीले सदनमा अभिव्यक्ति दिएपछि घरीघरी एसएसबी आएको भन्दै उनले कटाक्ष पनि गरिन् । “घरीघरी भारतीय एसएसबी आएको आएै छन् । सायद प्रधानमन्त्रीज्यूले मिचेको सीमा खोज्न आए होलान् । एसएसबीलाई सुस्तामा पस्न नदिन सरकारले के गर्र्दै छ ? भनेर पनि उनले प्रश्न गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *