‘मिस नेपाल २०२६’ को कार्यक्रम तालिका सार्वजनिक

काठमाडौं । मिस नेपाल २०२६ को कार्यक्रम तालिका सार्वजनिक भएको छ । जसअनुसार, २३ जुनदेखि सुरु हुने कार्यक्रम १ अगस्टमा हुने फिनालेसँगै सम्पन्न हुनेछ । २३ जुनमा प्रतियोगी अंक वितरण (स्यास सेरेमोनी), २७ जुनमा स्पोर्ट्स कम्पिटिसन, ३ जुलाईमा ग्रीन समिट, ४ जुलाईमा स्विमसुट इभेन्ट, ११ जुलाईमा टप मोडल कम्पिटिसन, १३ जुलाईमा हेड टु हेड च्यालेन्ज प्रतिस्पर्धा हुनेछ । स्यास सेरेमोनीमा अडिसनबाट छनोट भएका २४ जना फाइनलिस्ट घोषणा हुनेछन् । साथै, उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिने भएको छ । २९ जुलाईमा प्रिमिलनरी कम्पिटिसन र १ अगस्टमा फिनाले तय गरिएको छ । यसवर्ष मिस नेपालका सबै कार्यक्रम ललितपुरस्थित द प्लाजामा आयोजना हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *