ट्युनिसियाको पोस्टमा जापानद्धारा गोल वर्षा
काठमाडौं । ट्युनिसियाको पोस्टमा जापानले गोल वर्षा गरेको छ । समूह चरणको दोस्रो खेलमा जापान ४-० को फराकिलो अन्तरले विजयी भएको हो । जापानका लागि आएसी वेदाले दुई र जुन्यो इतो र दाइची कामदाले समान १ गोल गरे । जितसँगै जापानले तालिकामा चार अंक जोडेको छ । यसअघि समूह चरणको खेलमा जापान नेदरल्याण्ड्ससँग २-२ को बराबरीमा रोकिएको थियो । ट्युनिसा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो । दुवै खेलमा पराजित भएसँगै ट्युनिसिया एक खेल अगावै विश्वकपबाट बाहिरिएको छ ।
















