रास्वपा महाधिवेशनमा सहभागी हुन चितवनतर्फ लागे सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा उपस्थित हुन चितवनतर्फ लागेका छन् । आइतबार बिहान उनी चितवन जान त्रिभुवन विमानस्थल पुगेका थापाको सचिवालयले जनाएको छ । “दुईवटा फ्लाइट छन्, हामी हेर्दै छौँ,” थापाका स्वकीयसचिव शंकर कुइँकेलले भने, “तर, सभापतिज्यू जाने सुनिश्चित भइसकेको छ ।” थापाले महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्नेछन् ।

उनी विशिष्ट अतिथिका रूपमा महाधिवेशनमा सहभागी हुन लागेका सचिवालयले जनाएको छ । रास्वपा महाधिवेशनमा यसअघि कांग्रेसका तर्फबाट उपसभापति पुष्पा भुसालले प्रतिनिधित्व गर्ने तय थियो । सभापति थापा नजाने भनिएको थियो । तर, उनी आफैँ सहभागी हुन लागेका हुन् । रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष,सभापतिलाई निम्ता पठाएको थियो । रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु हुँदै छ । महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *