हाँस्यकलाकार खेम शर्माको निधन

काठमाडौं । हाँस्यकलाकार खेम शर्माको निधन भएको छ । आज बिहान उपचारका क्रममा अस्पतालमा उनको निधन भएको हो । उनी अमेरिकामा बस्दै आएका थिए । चलचित्र विकास बोर्डले उनको निधनबारे जानकारी दिएको छ । उनलाई धेरै दर्शकले ‘चतुरे’ नामबाट चिन्दथे । हास्यव्यंग्यमा ‘चतुरेको दाउपेच’बाट सर्वाधिक चर्चित हुँदै सयौँ टेलिफिल्म, चलचित्र र रंगमञ्चमा आफ्नो अभिनय क्षमताको छाप छोडेका वरिष्ठ कलाकार खेम शर्माको निधन भएको छ, चलचित्र विकास बोर्डले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, यो दुःखद समाचारले सबै चलचित्रकर्मीहरू मर्माहत भएका छौँ । ‘चतुरे’ क्यारेक्टरबाट लोकप्रिय भएपछि शर्माले दर्जनौँ टेलिचलचित्रसँगै चलचित्रमा काम गरेका थिए । पछिल्लो समय भने उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकाले दर्शकबाट टाढा थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *