रास्वपालाई लडाउने कसैको तागत छैन, लडे आफ्नै खुट्टामा अल्झिएर लड्छ – सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताएका छन् । चितवनमा आइतबारबाट सुरु रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै सभापति लामिछानेले विगतको भनाइ दोहोर्‍याउँदै रास्वपालाई लडाउने शक्ति अब नआउने दाबी गरे ।

मैले विगतमा पनि भनेको छु रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरुको तागत छैन, लामिछानेले भने, “तर, रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन । उनले फुटाउ र राज गर भन्ने सिद्धान्तअनुसार रास्वपालाई फुटाउने प्रयत्न हुने भन्दै सचेत रहन कार्यकर्तालाई आह्वान गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *