हरेक पटक दम्भले जनमत दुर्घटनामा पर्‍यो, यसपटक त्यस्तो नहोस् – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हरेक पटकको जनमत दम्भले दुर्घटनामा परेको बताएका छन् । आइतबार रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले रास्वपाले यसपटक पाएको जनमत दुर्घटनामा जान नहुने बताए । “पटक पटकका जनमत दम्भबाट दुर्घटनामा परेका छन् । यसपटकको जनमत दुर्घटनामा जानु हुन्न,” थापाले भने, “हामी रास्वपा प्रतिस्पर्धी हौँ तर दुस्मन होइनौँ ।”
सभापति गगन थापाले विगतमा आफ्नो पार्टी समेत रहेका सरकारका कामहरूबाट शिर निहुँरिएको बताएका छन् । आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेका थापाले विगत १०।१२ वर्षमा आफ्नो पार्टी समेत संलग्न सरकारका कामप्रति शिर निहुर्‍याउने बताए । “विगत १०।१२ वर्षमा हाम्रो पार्टी समेत संलग्न सरकारका केही कामहरूले शिर निहुरिएको छ,” थापाले भने, “पार्टीबाहिर संघर्ष गर्न सहज हुँदो रहेछ । तर, पार्टीभित्रै लड्न गाह्रो हुँदो रहेछ । सभापति थापाले ‘कांग्रेस दास र लासहरूको पार्टी होइन’ भनेर निर्णय गर्न ढिला भएको बताए । विगतमा रवि लामिछाने र वालेन्द्र शाहसँग एउटै पार्टीमा सहकार्यको छलफलतर्फ संकेत गर्दै थापाले आन्तरिक संघर्ष कठिन हुने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *