उरुग्वेलाई हराउँदै स्पेन समूह एचको विजेता
काठमाडौं । विश्वकपमा उरुग्वेलाई हराउँदै स्पेन समूह एचको विजेता बनेको छ । उरुग्वेलाई स्पेनलाई १-० ले हराएको हो । स्पेनका लागि एलेक्स बेनाले गोल गरे । यसअघिको खेलमा स्पेनले केपभर्डेसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, साउदी अरबलाई ४-० ले पराजित गरेको थियो तालिकामा स्पेन सात अंकसहित शीर्षस्थानमा छ । यता, उरुग्वेले साउदी अरबसँग १-१ र केपभर्डेसँग २-२ को बराबरी खेल्दै तालिकामा २ अंक जोडेको थियो । तालिकामा दुई अंकमात्रै हुँदा उरुग्वे बाहिरिएको हो । केपभर्डे र साउदी अरबबीचको खेल गोलरहित बराबरीमा टुंगिँदा केपभर्डेले तीन अंक जोडेको छ । गोल अन्तरका कारण केपभर्डे साउदीभन्दा एकस्थान माथि हुने भएको छ । केपभर्डेले यसअघि स्पेन र उरुग्वेसँग बराबरी खेलेको थियो । साउदी अरब पनि विश्वकपबाट बाहिरिएको छ ।
















