नर्वेलाई हराउँदै फ्रान्स समूह विजेता

काठमाडौं । फ्रान्स समूह आइको विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो । फ्रान्सका लागि उसामन डेम्बेलेले ह्याट्रिक गरे । उनले खेलको छैटौँ, २० औँ र ३१ औँ मिनेटमा गोल गरे। इन्जुरी समयमा डिजायर डिजोले गोल गरे । नर्वेका थियोलो ओसागर्डले २१ औँ मिनेटमा गोल फर्काएका थिए । फ्रान्सले यसअघि सेनेगललाई १-० ले पराजित गरेको थियो भने इराकलाई ३-० ले पराजित गरेको थियो । लगातार तीन जितबाट नौ अंक बटुल्दै फ्रान्स तालिकाको शीर्ष स्थानमा रहेको हो । नर्वेले यसअघि समूह चरणका खेलमा इराकलाई ४-१ ले पराजित गरेको थियो भने सेनेगललाई ३-२ ले पराजित गरेको थियो । दुई खेलमा जित र एकमा हार व्योहरेको नर्वे ६ अंकसहित दोस्रो स्थानमा छ । यता, सेनेगलले इराकलाई ५-० ले पराजित गरेको छ । सेनेगलका लागि चौथो मिनेटमा हबिब दियाराले गोल गरेका थिए । यस्तै, पेपे ग्वेल ५९ र ७१ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, इसामेल सारले ५६ औँ मिनेटमा गोल गरेका थिए भने लिमेन निदायले ८१ औँ मिनेटमा गोल गरेका थिए । समूह चरणमा सेनेगललाई पहिलो जित दर्ता गरेको हो । यसअघि उसले फ्रान्ससँग १-० र नर्वेसँग ३-० को हार व्योहोरेको थियो । सेनेगलले तालिकामा तीन अंक दर्ता गर्दै तेस्रो स्थानमा आएको छ । यता, लगातार तीन खेलमाा हार व्योहोरेको इराक विश्वकपबाट बाहिरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *