पृ-क्वाटर फाइनलमा मेसीको अर्जेन्टिना पुग्यो ‘म्यान अफ दि म्याच’ पनि भएपछि मेसीले दिए यस्तो प्रतिक्रिया

मियामी, अमेरिका । आजको घतलाग्दो खेलपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले’म्यान अफ दि म्याच’ भए पश्चात् पत्रकारलाई दिएको उनको भनाई – “साँचो भन्नुपर्दा, यो खेल निकै कठिन हुनेछ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो। यो टोली स्पेन वा उरुग्वेसँग नहार्नु कुनै संयोग थिएन । पहिलो गोल गर्नु नै सबैभन्दा कठिन काम थियो । हामीलाई लागेको थियो कि यसले खेलमा नियन्त्रण राख्न र अझ शान्त भएर खेल्न मद्दत गर्नेछ, तर ठिक त्यसको विपरीत भयो । कतिपय समयमा हामीले बलमाथिको नियन्त्रण गुमायौँ, धेरै पछाडि हटेर खेल्यौँ र उनीहरूलाई चाहे जसरी दबाब दिन सकेनौँ । उनीहरूले आफ्ना सबल पक्षहरूको फाइदा उठाए र बराबरी गोल फर्काए ।

अब अगाडिका अरू नकआउट चरणका खेल जटिल हुने छ, भन्ने कुरा हामीलाई थाहा थियो र छ । सबै नकआउट खेलहरू हुन्, यहाँ कसैले पनि केही कुरा सित्तैमा दिँदैन । कतिपय मानिसहरू टोलीको नामका कारण उनीहरूलाई कम आँक्न सक्छन्, तर यो खेल कहिल्यै पनि सजिलो हुने छैन भन्ने कुरा हामीलाई थाहा थियो। यसैले त यो विश्वकपलाई यति विशेष बनाएको छ । सबै कुरा निकै प्रतिस्पर्धात्मक छ र हरेक खेल अत्यन्तै कठिन छ । सधैँ झैँ, हामीले राम्रो खेल्यौँ वा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेनौँ भन्ने कुरालाई वास्ता नगरी हामीले आफ्नो शतप्रतिशत प्रयास गर्‍यौँ र गर्नेछौँ । अब सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको तन्दुरुस्ती पुनः प्राप्त गर्नु छ । अर्को खेलमा ध्यान केन्द्रित गर्नु र आजको खेलबाट सकारात्मक पक्षहरूलाई आत्मसाथ गर्नु हो।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *