बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो । झालाई ठगी उद्योगमा दोषी ठहर गरी उक्त सजाय सुनाएको हो । बेचन झा २०८१ असार १४ गते पक्राउ परेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *