दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । ६ वटा प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको हो । रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेश तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ । देशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भूभाग तथा कोसी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।















