देश फाँसीवादतर्फ उन्मुख : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश फाँसीवादतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको नयाँ वेबसाइट र एप सार्वजनिक कार्यक्रममा उनले संसद्सहितका अंग सरकारबाट दमित भएको बताए । राज्यका तीनवटै अंग, विभाग, सबै कार्यकारिणी नियन्त्रित, कार्यकारिणीको इच्छाअनुसार चल्नुपर्ने । राजनीतिक दलहरूले यस स्थितिलाई तोड्नुपर्नेछ ।

उनले राजनीतिक दलहरूको दूर दृष्ट्रि नभएको टिप्पणी गरे । “माइनस गायब भएको हो कि । केही पनि टाढा देखिँदैन । उनले सरकार बेलगाम ढंगले अघि बढ्ने भन्दै बेठिक गर्नबाट रोक्नुपर्ने बताए । ओलीले सञ्चारमाध्यमको गेटअगाडि गाडी तेर्साएर अवरोध गरेको र त्यसलाई कारबाही नगरिएको बताए । सरकारले निर्देशन दिएर लगाएकाले कारबाही नगरिएको उनको भनाइ छ । उनले सरकार तानाशाही भएको टिप्पणी गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *