युक्रेनमा जेलेन्स्कीविरुद्ध प्रदर्शन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाउने निर्णय गरेपछि नागरिक समाजमा व्यापक असन्तुष्टि देखिएको छ । यस निर्णयको सांसदहरूले पनि विरोध गरेका छन्। बिहीबार बिहान राजधानी किभसहित युक्रेनका विभिन्न सहरमा अधिकांश युवा प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले ‘फेदोरोभलाई नहटाऊ’, ‘विजयमा बाधा पुर्‍याउन बन्द गर !’ लेखिएका प्लेकार्ड बोकेका थिए भने ‘लाज मान !’ भन्दै नाराबाजी गरेका थिए । राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सुरक्षा सेवा (एसबीयू) का कार्यवाहक प्रमुख मेजर जनरल येभेनी खमारालाई कार्यवाहक रक्षामन्त्रीका रूपमा नियुक्तिका लागि प्रस्ताव गरेका छन् । जेलेन्स्कीले खमाराबारे प्रतिक्रिया दिँदै भने, ‘खमाराले प्राविधिक युद्ध सञ्चालनमा व्यापक र धेरै हिसाबले अभूतपूर्व अनुभव हासिल गरेका छन् ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *