अर्घखाँची सिमेन्टको वार्षिक सेल्स मिट २०७६ सम्पन्न, उत्कृष्ट कर्मचारीहरु सम्मानित

काठमाडौं । अर्घखाँची सिमेन्ट लिमिटेडको ‘वार्षिक सेल्स मिट २०७६’ भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको पुल्चोकस्थित होटल हिमालयमा आयोजित उक्त कार्यक्रम साउन ९ गते सम्पन्न भएको हो । देशभरका विभिन्न क्षेत्रबाट सहभागी भएका ३० जनाभन्दा बढी बिक्री तथा मार्केटिङ प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारका, प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा निर्देशक गौरव अग्रवालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कम्पनीको आगामी व्यावसायिक रणनीति, नयाँ बिक्री नीति, बजारको वर्तमान अवस्था तथा भावी योजनाका बारेमा विस्तृत छलफल गरिएको थियो । साथै, बिक्री तथा बजार विस्तारलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान तथा अन्तरक्रिया समेत गरिएको थियो ।

सम्मेलनका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने बिक्री प्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो । यस अवसरमा कम्पनीको नेतृत्वले कर्मचारीहरूको समर्पण, मेहनत तथा व्यवसाय विस्तारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सबैलाई प्रेरित गरेको थियो। अनुभव आदानप्रदान, अन्तरक्रियात्मक छलफल तथा नयाँ नीतिप्रति साझा बुझाइ विकास गर्दै सम्पन्न भएको यस सम्मेलनले कम्पनी र बिक्री टोलीबीचको समन्वयलाई अझ सुदृढ बनाउनुका साथै आगामी लक्ष्यहरू हासिल गर्न साझा प्रतिबद्धता व्यक्त गरेको कम्पनीले जनाएको छ। अर्घखाँची सिमेन्टले “सही तौल, सही मूल्य, सही गुणस्तर” को प्रतिबद्धतासहित गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको विश्वास तथा निरन्तर सुधारलाई प्राथमिकतामा राख्दै नेपालको निर्माण क्षेत्रमा आफ्नो योगदानलाई अझ सशक्त बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *