लोकतान्त्रिक परम्परालाई भाँच्ने कोसिस नगरियोस् –प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई सदनमा आएर जवाफ दिन आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सदनमा आएर जवाफ दिँदा प्रधानमन्त्रीको कद सानो नहुने बताए । ‘प्रधानमन्त्रीको कतिपय अभिव्यक्तिले असहज बनाएको छ भने यो सदनमा उभिएर स्पष्टीकरण दिनुपर्छ । यो लोकतान्त्रिक परम्परा हो । यसलाई भाँच्ने कोसिस नगरियोस् । यसलाई उल्ट्याउने कोसिस नगरियोस्, प्रचण्डले भने । तपाईंहरूमार्फत सम्माननीय प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु,’ प्रचण्डले थपे, ‘तपाईं आएर स्पष्टीकरण दिँदा सानो हुने होइन । बरु तपाईंको कद अझै माथि जान सक्छ । प्रतिपक्षीहरूसँग संवाद गरेर तपाईंको कद सानो हुने होइन । बरु बढेरै जान्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *