माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

काठमाण्डौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारीलाई लक्षित विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषका कामु सहप्रशासक भरतराज वस्तीले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ ।

उक्त खातामार्फत कर्मचारीहरूले सहज, सुरक्षित तथा आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने बैंकले जनाएको छ । तलब व्यवस्थापन खातासँगै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा कार्डलगायत थप बैंकिङ सुविधा उपलब्ध गराइनेछ । माछापुच्छ्रे बैंकले विभिन्न सरकारी कार्यालयका कर्मचारीका लागि तलब व्यवस्थापन खाता सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार नयाँ सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई थप उत्कृष्ट वित्तीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *