सरकारको कामले जनतालाई सन्तुष्ट पार्न सकेन,छनक पनि छैन – प्रचण्ड

काठमाण्डौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताले गत निर्वाचनमा दिएको मतलाई सरकारले न्याय गर्न नसकेको बताएका छन् ।प्रतिनिधिसभाको बैठककलाई बिहीबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकाले जनअपेक्षा पूरा नगरेको बताएका हुन् । ‘देशको अवस्था ठीक छैन । गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ । निर्वाचनमा जे जसरी जनताले अभिमत प्रकट गरे ।

सरकारका क्रियाकलापले जनताका अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,’ उनले भने, ‘दिनदिनै असहज बनाएको चिन्ता बढाएको छ ।’ सुनसरीको कप्तानगञ्जमा बोलबमको यात्रा यात्रा भड्किएर आएको तनावका गोली चलाएर एक युवाको ज्यान गएको घटनाको सत्यसत्य बाहिर ल्याउन पनि उनले माग गरे । साथै गम्भीर घटनाप्रति प्रधानमन्त्री र गृहमन्त्रीले संवेदनशीलता नदेखाएको भन्दै उनले सदनमै असन्तुष्टि व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *