चन्द्रोदय साकोसको आयोजनामा सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर

चन्द्रपुर ४ रौतहटमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले सप्ताहव्यापी स्वास्थ्य शिविरको आयोजना गरेको छ । संस्थाले १८औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा चन्द्रपुरमा रहेका विभिन्न अस्पतालहरुसंग सहकार्य गरेर आफ्ना सदस्यहरुलाई लक्षित गरि सप्ताहव्यापी स्वास्थ्य शिविर सम्मन्न गरेको हो । उक्त शिविरबाट ४ सय ८५ जनाको चेकजाँच गरिएको थियो । शिविरमा प्रसुति,फिजिसियन,दन्त,आँखा तथा कान,बालरोग सहित ७ प्रकारका रोगको स्वास्थ्य परीक्षण,स्वास्थ्य परामर्श तथा औषधी उपलब्ध गराइएको थियो । शिविरको अन्तिम दिन चन्द्रपुर सरकारी अस्पतालका प्रमुख डा।अभिनन्दन श्रीवास्तव तथा चन्द्रानी अस्पताल प्रालिबाट उक्त अस्पतालका संचालक तथा चिकित्सक डा एके यादवबाट स्वस्थ्य परीक्षण तथा चन्द्रानी अस्पतालबाट प्राप्त निःशुल्क औषधि ५४ जनालाई वितरण गरिएको थियो । संस्थाका अध्यक्ष बसन्त आचार्यको सभापतित्वमा आयोजना गरिएको समापन कार्यक्रमको प्रमुख अतिथि रौतहट बचत संघका अध्यक्ष बिभु पोखरेल रहेका थिए ।

त्यसैगरी विशिष्ट अतिथिमा नेफ्स्कून सदस्य सेवा कार्यालय हरिओन उपसमिति सदस्य देव बहादुर सापकोटा, चन्द्रपुर न।पा।का सहकारी शाखा प्रमुख शेख नसरे आलम,सहित संस्थाका निवर्तमान संस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार प्रकाश सुनुवार र चन्द्रपुर अस्पतालबाट डा सुवास चौधरी लगायत रहेका थिए । स्वास्थ्य शिविर आयोजना गर्न सहयोग गर्ने संघ संस्था र अस्पताललाई उच्च मुल्यांकन गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो । संस्थाको हरेक सामाजिक कार्यमा साथ सहयोग गर्दै आइरहेको चन्द्रपुर सुनचाँदी व्यावसायि संघलाई संस्थाले बधाई सहित प्रशंसापत्रले सम्मान गरिएको थियो । स्वास्थ्य शिविरमा सातैदिन सक्रियताका साथ भूमिका निभाएकोमा संस्थाका उपाध्यक्ष रामशरण गौतमलाई समेत संस्थाले प्रशंसा पत्रद्वारा सम्मान गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष बासुदेब अधिकारीबाट र कार्यक्रम संचालन संस्थाका उपाध्यक्ष रामशरण गौतमले गरेका थिए । कार्यक्रममा वक्ताहरुले चन्द्रोदय सहकारीले गरेका सामाजिक कार्यहरुको प्रशंसा जति गरे पनि अपुग हुने बताए । संस्थाको गत असार मसान्तसम्म शेयर पुँजी २ करोड १२ लाख,जगेडा कोष १ करोड ५७ लाख, बचत २० करोड र ऋण लगानी १८ करोड २७ लाख गरी कुल सम्पत्ति २५ करोड ३४ लाख पुगेको छ । संस्थामा ३ हजार ९ सय सदस्य आवद्ध रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *