नाइमा कुम्भ मेलामा टोयोटाको धमाका, ३ लाखदेखि २१ लाखसम्म छुट,दुई नयाँ मोडल सार्वजनिक हुँदै

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्दै टोयोटा नेपालले नाइमा अटो शो २०२६ का लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले ३ लाखदेखि २१ लाखसम्म छुट पाउने भएका छन्। अटो शोमा छुटसँगै टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ मोडलको प्रवेशले टोयोटाको नेपाली बजारमा रहेको उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। कम्पनीले नयाँ उत्पादनमार्फत ग्राहकलाई नयाँ प्रविधि, सुविधा र ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। नाइमा अटो शोका लागि घोषणा गरिएको छुट अटो शो अवधिमा गरिने बुकिङमा मात्र लागू हुने टोयोटा नेपालले जनाएको छ। अर्थात् अगस्ट ११ देखि १६ सम्म हुने बुकिङमा मात्र ग्राहकले उक्त विशेष अफरको लाभ लिन सक्ने छन्। टोयोटाले गाडी खरिदलाई थप आकर्षक बनाउन छुटसँगै ग्राहक अनुभवमा समेत जोड दिएको छ।

अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले एक जोडीका रूपमा एलिट एक्सप्लोरर्स कन्याकुमारी यात्रामा सहभागी हुने अवसर पाउने छन्। त्यस्तै, अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने हरेक ग्राहकले कम्यूनिटी ड्राइभमा सहभागी हुने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ। टोयोटा नेपालका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको विशेष योजना ग्राहकलाई बचत, नयाँ उत्पादन र अनुभव तीनै पक्षमा लाभ दिने गरी तयार गरिएको हो। विशेषगरी २१ लाख रुपैयाँसम्मको छुट र दुई नयाँ मोडलको सार्वजनिकले अटो शोमा टोयोटाको स्टललाई ग्राहकको चासोको केन्द्रमा राख्ने अपेक्षा गरिएको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने नाइमा अटो शो २०२६ मा टोयोटाले आफ्ना विभिन्न मोडल प्रदर्शन गर्नुका साथै नयाँ उत्पादन सार्वजनिक र विशेष अफरमार्फत ग्राहक आकर्षित गर्ने तयारी गरेको छ। कम्पनीले अटो शोमा सहभागी भएर टोयोटाका उत्पादन अवलोकन गर्न तथा विशेष अफरको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *