नाइमा एक्स्पोमा वैद्य अर्गनाइजेसनको टोयोटा र लक्ष्मीको दबदबा

काठमाडौं। मंगलबारदेखि भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ठूला व्यावसायिक घरानाको बलियो उपस्थिति देखिएको छ। यस वर्षको नाइमा एक्स्पोमा वैद्य अर्गनाइजेसनको टोयोटा र लक्ष्मी ग्रुपको सबैभन्दा धेरै स्टल रहेको छ। यी तीन व्यावसायिक घरानाका विभिन्न अटोमोबाइल ब्रान्ड तथा उत्पादन गरी कुल १३ वटा स्टल एक्स्पोमा रहेका छन्। एउटै समूहअन्तर्गत विभिन्न ब्रान्ड र मोडलको प्रदर्शनी गरिएकाले एक्स्पो परिसरमा यी दुइ कम्पनीको उपस्थिति बाक्लो देखिएको हो। नाइमा एक्स्पोमा नयाँ ब्रान्ड र मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धा चलिरहेका बेला लक्ष्मी र वैद्य समूहको ठूलो सहभागिताले बजारमा उनीहरूको प्रभावसमेत झल्काएको छ। यी समूहले चार पांग्रे इन्धन, ईभी, हाइब्रिड कारदेखि दुईपांग्रे तथा अन्य मोबिलिटी उत्पादनसम्मका विभिन्न ब्रान्डलाई एक्स्पोमा प्रस्तुत गरेका छन्। ५५ ब्रान्डको सहभागिता रहेको एक्स्पोमा एउटै समूहअन्तर्गतका धेरै ब्रान्ड र स्टलको उपस्थितिले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। नेपाली बजारमा ईभीको बढ्दो माग र ग्राहकको आवश्यकतालाई लक्षित गर्दै लक्ष्मी ग्रुप र वैद्य अर्गनाइजेसनले सबैभन्दा धेरै स्टल राखेका छन्। गाडीको वृहत्त प्रदर्शनी नाइमा मोबिलिटी एक्स्पोमा लक्ष्मी ग्रुपले ५ र वैद्य अर्गनाइजेसनले ४ स्टल राखेका छन्। भने अन्य कुनै कम्पनीले तीन कुनैले दुई र कुनैले एउटा मात्र स्टल राखेका छन्। नाइमा सबभन्दा धेरै ब्रान्ड लक्ष्मी ग्रुपले हुन्डाई, कई, फोरथिङ, आरफक्स, बिएआइसी बीजे ३० ई ब्राण्डका इलेक्ट्रिक, हाइब्रिड र इन्धन गाडी प्रदर्शनीमा राखेको छ। कम्पनीले हुन्डाईका नयाँ मोडल, आरफक्स र बिएआइसी बीजे ३० ई नाइमाबाटै औपचारिक रुपमा सार्वजनिक गरेको हो। लक्ष्मी ग्रृपले नाइमा मोबिलिटी एक्स्पो २०८३ लाई लक्षित गरेर नेपाली बजारमा २ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ।


वैद्य अर्गनाइजेसनको नाइमा ४ स्टल
टोयोटाः नाइमामा टोयोटाको गाडी स्टल नम्बर ए१२ मा राखिएको छ। यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा वैद्य ग्रुपले टोयोटाको दुई नयाँ मोडल सार्वजनिक गरेको छ। कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नयाँ जेनेरेशन हाइलक्स र छैटौं जेनेरेशन र्‍याभफोर हाइब्रिड गाडीको बिक्री सुरु गरेको छ। ५५ ब्रान्डको सहभागिता रहेको एक्स्पोमा एउटै समूहअन्तर्गतका धेरै ब्रान्ड र स्टलको उपस्थितिले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नवौं जेनेरेशन हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ भने नयाँ र्‍याभफोर एसयूभीको मूल्य २ करोड १३ लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ। एथरः नाइमामा एथरको स्कुटर हल सी को स्टल नम्बर सी२ मा राखिएको छ। वैद्य ग्रपले नाइमा मोबिलिटी एक्स्पोमा एथर रिज्टा जेड स्कुटरको नयाँ एलआर भेरियन्ट सार्वजनिक गरी बिक्री सुरु गरेको छ। कम्पनीले एथर रिज्टा जेडको सानो ब्याट्री क्षमता र टच स्क्रीन भएको एलआर भेरियन्ट नेपाल ल्याएको हो। कम्पनीले नयाँ भेरियन्टको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ। यो नेपालमा रिज्टा जेड सिरिजको सस्तो मूल्यको स्कुटर समेत हो। नयाँ भेरियन्टमा आइपी एक्स ७ वाटर एण्ड डस्ट रेसिस्टेन्स प्रविधिसहितको २,७ किलोवाट आवरको ब्याट्रीप्याक पाउन सकिन्छ। यसले एकपटकको फुलचार्जमा १२३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। अल्ट्राभोइलेटः नाइमामा अल्ट्राभोइलेट ४७ एक्स हल सी को स्टल नम्बर सी ३ मा राखिएको छ। वैद्य ग्रुपले यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभोइलेट एक्स ४७ क्रसओभर मोटरसाइकल नेपाली बजारमा सार्बजनिक गरेको छ। कम्पनीले यसको मूल्य ६ लाख ८४ हजार ९९९ रुपैयाँ तोकेको छ। यसअघि नेपालमा अल्ट्राभोइलेटको एफ ७७ स्पोर्ट मोडल उपलब्ध थियो। नेपाली बजारमा एक्स ४७ पहिलो क्रसओभर इलेक्ट्रीक एड्भेन्चरमा मोटरसाइकल पनि हो। भारतीय दुईपाँग्रे इलेक्ट्रीक ब्राण्ड अल्ट्राभोइलेट भारतसँगै विश्व बजारमा पनि चर्चित छ। मोर्बिडेलीः वैद्यज् अर्गनाइजेशनले इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीको नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स यस वर्षको नाइमा एक्स्पोमा सार्वजनिक गरेको छ। कम्पनीले मोर्बिडेली टी २५० एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ। यो नेपाली बजारमा उपलब्ध मोर्बिडेलीको सबैभन्दा किफायती मोटरसाइकल हो। नयाँ मोडलको आगमनसँगै कम्पनीले नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने अपेक्षा गरेको छ। नाइमामा मोर्बिडेलीका बाइक हल डीको स्टल नम्बर डी१३ मा राखिएको छ।
लक्ष्मी ग्रुपका ब्रान्ड
हुन्डाईः लक्ष्मी ग्रुपले यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाईको दुई माडल सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो प्रिमियम ईलेक्ट्रिक एयसयूभी आयोनिक ९ र हुन्डाई भेन्यु फेसलिफ्ट मोडल सार्वजनिक गरेको हो। हुन्डाई ब्रान्डको गाडी नाइमा एक्स्पोको हल बी को स्टल नम्बर आर २ राखिएको छ। केईः नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लक्ष्मी ग्रुपले केईका दुई मोडल प्रदर्शनी गरेको छ। कम्पनीले पहिलेदेखि नै नेपाली बजारमा उपलब्ध केई ई क्युट०२ र ई क्युट ०४ मा छुट सुविधा सहित प्रदर्शनी गरेको छ। फोरथिङः फोरथिङ फ्राइडे गत वर्ष नाइमा मोबिलिटी एक्स्पोबाट नेपाली बजारमा प्रवेश गरेको चिनियाँ ब्रान्ड हो। लक्ष्मी ग्रुपले यस वर्षको नाइमा एक्स्पोमा पुरानै मोडलमा नगद छुट सहित प्रदर्शनीमा राखेको छ। बीएआइसीः लक्ष्मी ग्रुपले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ ब्रान्डको रुपमा बीआईसी बीजे ३०ई प्रदर्शनीमा राखेको छ। कम्पनीले हाइब्रिड सेग्मेन्टमा नेपाली बजारमा भित्र्याएको बीआईसी बीजे ३०ई १ करोड १९ लाख ९९ हजार रुपैयाँ मूलय तोकेको छ। आरफक्सः लक्ष्मी ग्रुपले आरफक्सको लागि नाइमा मोबिलिटी एक्स्पोमा स्टल बनाएपनि बाटो अवरुद्ध हुँदा गाडी आउन सकेन। जसको कारण नाइमा मा आरफक्सको लागि तयार पारेको स्टल खालि नै रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *