कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने निर्णय
काठमाण्डौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ। प्रदेश सभाको बैठकमा लामो समयदेखि अनुपस्थित रहेका देउवालाई पदमुक्त गर्ने निर्णय आज भएको हो। सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय भएको बताए। ‘यसबारे भोलि निर्णय सुनाउने तयारी छ । देउवा बिनाजानकारी प्रदेश सभा बैठकमा अनुपस्थित रहँदै आएका थिए। उनी अमेरिकामा छन्। पूर्वमन्त्रीसमेत रहेका देउवाको खातामा विगत ११ महिनादेखि तलब पनि गइरहेको थियो। उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा पनि हुन्। उनी गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै अमेरिका गएका थिए। उनले यसको जानकारी आफ्नो पार्टी, प्रदेशसभा र प्रदेश सरकार कसैलाई दिएका थिएनन्।

















