खाली सिलिन्डर बोकेर विद्यार्थीको सरकारविरुद्ध प्रदर्शन

काठमाण्डौं । खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले विद्यार्थीको समस्या समाधानको माग गर्दै त्रिचन्द्र क्याम्पसमा मंगलबार विरोध प्रदर्शन गरेको हो । सहभागीले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुलो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर’, ‘विद्यार्थीको समस्या समाधान गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *