१५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्चमा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग राखेर शेरबहादुर देउवा समूह रिट दायर गर्न सर्वोच्च अदालत पुगेको छ । रिटमा महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको छ । तत्कालका लागि महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरी निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने गरी भएको निर्णय बदर गर्न रिटमा माग छ । सर्वोच्चले विशेष महाधिवेशन र आयोगको निर्णयलाई सदर गर्ने पूर्वनिर्णयमा पुनरवलोकनको अनुमति दिइसकेको अवस्था दर्शाएर महाधिवेशन रोक्न अन्तरिम आदेश मागिएको हो । मागबमोजिम तत्कालका लागि सर्वोच्चबाट अन्तरिम आदेश जारी भएमा १५औँ महाधिवेशनका गतिविधि रोकिनेछन् ।

















