सर्वदलीय संयन्त्र परिचालन गर्न सभापति थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र परिचालन गर्न प्रस्ताव गरेका छन् । सदनमा रहेका र नरहेका सबै मिलोर संयुक्त रूपमा काम गर्न दलीय संयन्त्र बनाएर विपद्‌मा परेका नागरिकलाई सघाउन उनले प्रस्ताव गरेका हुन् । उनले पार्टीगत रूपमा पनि नगद सहयोगको घोषणा गर्ने र स्वयंसेवक परिचालित गर्ने बताए । उनले विगतका विपद्‌मा गरिएको प्रयासका अनुभव प्रयोग गर्दै संयुक्त संयन्त्र परिचालन गर्दा राम्रो हुने उनको प्रस्ताव छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *