माथिबाट फेरि बाढी आएको सूचना छ, नदीनजिक नजानू – नुवाकोट प्रहरी
काठमाडौं । नुवकोटमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ । रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान भन्दै माइकिङ गरेको हो । “फेरि बाढी आएको सूचना आएको छ । नदीनजिक नजानुहोला, अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला,” प्रहरीले नुवाकोटको विदुरमा माइकिङ गर्दै भनेको छ । भदौ १० गते भोटेकोसी नदीमा अचानक बाढी आउँदा रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।

















