बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ । देशभर भइरहेको अविरल वर्षा र बाढी(पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार उपत्यका छिर्ने मुख्य नाकादेखि पहाडी जिल्ला जोड्ने सडकहरूमा आवागमन प्रभावित भएको छ। काठमाडौँको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण गत भदौ १० गतेदेखि नै पूर्ण रूपमा बन्द गरिएको छ। यसले गर्दा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प प्रायः छ। इलाम जिल्लाको मेची राजमार्ग अन्तर्गत राजदुवाली (झापा–ताप्लेजुङ सडक) क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका मुख्य राजमार्गहरूमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म यात्रामा पूर्ण रोक लगाइएको छ। दिउँसोको समयमा परिस्थितिको विचार गरी मात्र सवारी सुचारु गरिनेछ। कान्तिलोकपथको हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडक खण्डमा बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। टोखा–छहरे खण्डको घट्टेपुल क्षेत्रमा रातको १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी साधन चलाउन निषेध गरिएको छ। रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ, जुन लामो समयसम्म रहने देखिएको छ। साथै रसुवाका अन्य मुख्य राजमार्गहरू पनि साउन १० गतेदेखि नै बन्द अवस्थामा रहेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *