रसुवाका सीडीओ भन्छन्- चीनतर्फ ताल फुटेको सूचना आयो, पानीको सतह बढ्न थाल्यो
काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना आएको जानकारी दिए । “ताल फुटेको भन्ने सूचना आएको छ । पानीको सतह पनि बढ्न थालेको छ । सतर्क रहनुपर्ने अवस्था छ,” उनले भने । चीनतर्फबाट तीन दिन ठूलो पानी पर्ने सूचना बिहीबार नै गराएको उनले बताए । “तीन दिन पानी पर्ने सूचना हिजै आएको छ । मौसम पनि त्यस्तै छ,” उनले भने ।

















